हिरो हिरोईन बिनाको ‘रेड मनसुन’



समाजमा कोही पनि हिरो हुँदैन, त्यसैले त प्राचिनकालदेखी हालसम्मको सामाजिक परिवेशलाई उठान गरेको हाम्रो चलचित्रमा पनि कोही ‘हिरो’ छैनन, अभिनय गर्नेहरु छन त सबै कलाकार । शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्र ‘रेड मनसुन’का निर्देशक ईलम दीक्षितले भनेको भनाई हो यो । उनका अनुसार सामाजिक कथाको यो चलचित्रमा सृष्टी घिमिरे, हिमाली दीक्षित, सन्दिप क्षेत्री, सरिता गिरी र सुदाम सिके सबै कलाकार उत्तिकै महत्वपुर्ण भुमिकामा छन कोही पनि हिरो हिरोईन भन्ने छैन ।

कार्यक्रममा उनले चलचित्रले लामो ईतिहासदेखी हालसम्मको समयसम्म आउँदाको मानिसहरुको भोगाई, मनोविज्ञानलाई र भविष्यमा के हुन सक्छ भन्ने जस्तोकुरालाई चलचित्रको मुख्य विषय बनाईएको जानकारी दिए । ठुलोपर्दाको चलचित्र निर्देशन अगाडी नै आधा दर्जनजती नाटकहरुमा अभिनय तथा निर्देशनको अनुभव सँगालेका इलमले मानिसको जीवनको यथार्थतालाई पर्दामा उतार्ने प्रयास ‘रेड मनसुन’मा गरेको बताए ।

यो चलचित्रको कथा २१ बर्षिय गृहिणी करुणा शर्माले लेखेको ‘शरण’ नामक कथाबाट लिईएको कार्यक्रममा जानकारी दिईयो । कार्यक्रममा लेखिका शर्माले साधारण कथामा बनेको भए पनि चलचित्रले उठाएको बिषय शन्देशमुलक र दैनिक जीवनयापनसँग जोडिएकोले व्यवहारिक रहेको बताइन । करुणा चलचित्रकी मुक्य पात्र सृष्टीकी आमा हुन ।
यही बैसाख २६ गतेलाई रिलिज मिती तय गरिएको यो चलचित्रमा अमेरिकी नागरिक ‘रुथ मो’ले लगानी गरेका छन उनी पनि चलचित्र तथा थिएटरमा निर्माण तथा निर्देशनमा राम्रो अनुभव बटुलेका व्याक्ती हुन । भने यो चलचित्र ‘रेड मनसुन’मा अजय उपाध्यायको पनि लगानी रहेको छ ।

यसअघी नै नेपाल तथा भारतका बिभिन्न ‘फेस्टिभल’हरुमा प्रदर्शन गराईएको यो चलचित्रमा संगित लोचन रिजालले दिएका छन। चलचित्रमा लोचनले दिएको यो डेब्यु संगित पनि हो । उनले ‘रेड मनसुन’मा लोपोन्मुख नेपाली बाजा र गीत संगितलाई प्रस्तुत गर्न खोजिएको र चलचित्र भित्र गीत संगित पनि बलियो रुपमा प्रस्तुत गरिएको दाबी गरे । चलचित्रमा काठमाडौ र यहाँको समकालिन समाजमाथी प्रकाश पारिएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu