चलचित्र ‘रेड अन’को टिजर सार्वजनिक



काठमाडौँ।
नेपाली चलचित्र ‘रेड अन’को टिजर सार्वजनिक भएको छ । यज्ञजंग विके (आयुष बिसी) निर्देशित सो चलचित्रको टिजरमा ट्राफिक नियम पालना नगर्दा भोग्नु परेको अवस्थालाई चित्रण गरिएको छ ।

यस चलचित्रमा किशोर खतिवडा, दीपक थापा, सिर्जना कार्की, खगेन्द्र नेपाल, हेमराज घर्ती, खगेन्द्र सुवेदी, कमल ज्ञवाली, आशिष ओली, वर्षा श्रेष्ठ, विक्रम घिमिरे र वीरेन्द्र यादवको अभिनय छ । सवारी चालक अनुमति पत्र बिना सवारी चलाएको अवस्थामा दुर्घटना हुँदा कतिसम्म सास्ती भोग्नुपर्छ भन्ने कुरालाई चलचित्रमा समावेश गरिएको निर्देशकले बताए । 

यसमा विकास चौधरीको सङ्गीत, खगेन्द्र सुवेदीको कथा र सिड गौतमको पटकथा रहेको छ । आभास गिरी र रमेश बंगोसाई सह–निर्माता तथा खगेन्द्र सुवेदी निर्माता हुन् । यसको प्रदर्शन मिति भने घोषणा गरिएको छैन ।

टिजर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu