‘दिमाग खराब’को प्रदर्शन नरोकिने



काठमाडौँ।
चलचित्र ‘दिमाग खराब’को प्रदर्शन नरोकिने भएको छ । बिहीबार प्रदर्शक र वितरकहरूको संस्था नेपाल चलचित्र सङ्घ र यस चलचित्रका निर्माताबिच भएको छलफलबाट आगामी मङ्गलवारसम्म प्रदर्शन नरोक्ने सहमति भएको छ ।

यस विषयमा जानकारी दिँदै सङ्घले जारी गरेको छोटो विज्ञप्तिमा मङ्सिर ५ गते मङ्गलवार पुनः छलफल गरी निष्कर्षमा पुग्ने सहमतिअनुसार प्रदर्शन जारी राख्ने सहमति भएको बताइएको छ । “बिहीबारका दिन ‘दिमाग खराब’का निर्माताहरू र नेपाल चलचित्र सङ्घको कार्यसमिति बिचको छलफल सकारात्मक भएकोले आगामी मङ्सिर ५ गते मङ्गलवारका दिन पनि बाँकी अन्य बुँदाहरूमा छलफल गरी निष्कर्षमा पुग्ने सहमतिअनुसार पूर्ववत् रूपमा फिल्मको प्रदर्शन मङ्गलवार (मङ्सिर ५ गते)सम्म गर्ने निर्णय गरियो”, विज्ञप्तिमा भनिएको छ ।

भारतीय चलचित्र ‘टाइगर ३’मा दर्शक सङ्ख्या कम हुँदा पनि ‘दिमाग खराब’को तुलनामा धेरै शो दिएको र तेस्रो हप्तादेखि पनि नेपाली निर्माताले पाउनुपर्ने शेयर ५० प्रतिशत नै हुनुपर्ने माग राख्दै प्रदर्शन स्थगित गर्ने निर्णय ‘दिमाग खराब’का निर्माता र निर्देशकले गरेका थिए । सो विषयमा नेपाल चलचित्र निर्माता सङ्घले पनि ऐक्यबद्धता जनाएको थियो ।

यो पनि पढ्नुहोस्:

यो पनि पढ्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu