
काठमाडौँ।
नेपाल चलचित्र निर्माता सङ्घले हेपाहा प्रवृत्तिलाई अन्त्य गर्नका लागि अन्तिम लडाइँ लड्नुपर्ने समय आइसकेको जनाएको छ । चलचित्र हलवालाहरूसँग असन्तुष्ट व्यक्त गर्दै चलचित्र ‘दिमाग खराब’ उतार्ने चेतावनीपछि ऐक्यबद्धता जनाउँदै सङ्घले सङ्घर्षमा साथ दिने निर्णय गरेको हो ।
सङ्घको बिहीबार बसेको बैठकले ‘दिमाग खराब’का निर्माता-निर्देशकले राखेको हलमा उचित शो र अन्तिम समयसम्म ५०-५० प्रतिशत सेयर पाउनुपर्ने अडानलाई साथ दिने निर्णय गरेको छ । बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, “दिमाग खराब निर्माताले निर्णयप्रति ऐक्यबद्धता जनाउँदै यो प्रक्रियाको सिलसिला हिजो देखिकै हो । यस्तो हेपाहा प्रवृत्तिलाई अन्त्य गर्नका लागि अन्तिम लडाइँ लड्नुपर्ने समय आइसकेको छ र निर्माता सङ्घले उठाएका मुद्दामा सहमतिमा आउन प्रदर्शकहरूको साझा सङ्गठन नेपाल चलचित्र सङ्घलाई वार्ताको लागि आह्वान गर्दछौँ ।”
महासचिव सुनिल कुमार थापाद्वारा हस्ताक्षरित सो विज्ञप्तिमा अन्यथा नेपाली चलचित्र निर्माताको अस्तित्व रक्षार्थ नेपाली र विदेशीलगायतका कुनै पनि भाषाका सिनेमाहरूको प्रदर्शन गर्न नदिई कडा रूपमा प्रस्तुत भई आन्दोलन अन्तिम लडाइँमा होमिने प्रस्ट पार्न चाहेको उल्लेख गरिएको छ ।
गत हप्ता रिलिज भएको चलचित्र ‘दिमाग खराब’का निर्माता रौनक विक्रम कँडेल र निर्देशक निश्चल बस्नेतले हलको अन्यायपूर्ण व्यवहार निरन्तर जारी रहेको हुनाले प्रतिवाद गर्ने निर्णय गरेको भन्दै माग पुरा नभए हलबाट चलचित्र उतार्ने चेतावनी दिएका थिए ।
विज्ञप्ति:
