मंसिर ८ मा ‘बिच्छेद’ नआउने



सत्यराज चौलागाईँद्वारा निर्देशित चलचित्र ‘बिच्छेद’को प्रदर्शन पोस्टपोन्ड भएको छ । दशैंको अवसरमा टिजर र गीत सार्वजनिक गर्दै आगामी मंसिर ८ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको थियो । प्रचारका लागि पर्याप्त समय नपुगेको र पोस्ट प्रोडक्सनको काम भ्याउन अझै केही समय लाग्ने भएपछि चलचित्रको रिलिज पोस्टपोन्ड गरिएको निर्देशक सत्यराज चौलागाईँले जानकारी दिए ।

तिहारपछि नयाँ प्रदर्शन मिति निश्चित गरिने उनको भनाई छ । यसै हप्ता एक गीत खिच्दै चलचित्रको सम्पूर्ण छायांकन सकिएको पनि निर्देशक चौलागाईँले बताए । यो उनको दोस्रो निर्देशकिय चलचित्र हो । चलचित्रमा मुकुन भुसाल र लक्ष्मी बर्देवा मुख्य भूमिकामा छन् । उनीहरुमा नै केन्द्रित भएर चलचित्रको कथा भनिएको छ ।

चलचित्रमा हिउँवाला गौतम, लय सङ्ग्रौला, प्रिया रिजाल, सुष्मा निरौला, जीवन थापा, सरिता राजोपाध्याय, लक्ष्मीनाथ तिमिल्सिना, जयराम सापकोटा आदिको पनि अभिनय छ । चलचित्रको निर्मातामा राज कुमार पण्डित, दिमेश श्रेष्ठ, सुवास राई र सावित्री बज्राचार्य छन् भने सह-निर्मातामा प्रविन राजथला छन् । नविन पुरी प्रोडक्शन डिजाइनर हुन् ।

‘बिच्छेद’मा सङ्कल्प भुजेलको छायांकन, भुपेन्द्र अधिकारीको सम्पादन, समीर मियाको भिएफएक्स, किरण तुलाधरको ब्याकग्राउन्ड स्कोर तथा रेनिश फागोको कलर ग्रेडिङ छ । निर्देशक चौलागाईँले चलचित्र सामाजिक विषयमा बनेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu