अभिनेत्री दीपाशा बीसीको निधन



अभिनेत्री तथा मोडल दीपाशा बीसीको निधन भएको छ । बिहीबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा २८ वर्षको उमेरमा उनको निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि उनी बुधबार राति अस्पताल भर्ना भएकी थिइन् । उनको मृत्युको कारण खुलेको छैन ।

२०५२ सालमा सुर्खेतमा जन्मिएकी अविवाहित बीसीले दर्जनौं म्यूजिक भिडियोका साथै केही नेपाली चलचित्रमा पनि अभिनय गरेकी छन् । उनको डेब्यू चलचित्र ‘दुलही रानी’ २०६८ मा रिलिज भएको थियो । यससँगै उनले ‘बिरानो माया’, ‘झेली’ आदि चलचित्रमा पनि अभिनय गरेकी छन् ।

उनी ‘जलपरी’ नामले समेत परिचित छिन् । विशेषगरि, उनले लोकदोहोरी म्यूजिक भिडियोमा अभिनय गरेकी छन् । उनको निधनको खबर सार्वजनिक भएसँगै चलचित्रकर्मीहरुले सामाजिक सञ्जालमार्फत् श्रद्धाञ्जली अर्पण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu