मल्टीप्लेक्समा ‘दिमाग खराब’लाई उच्च शोज, बम्पर ओपनिङ गर्ने अवसर



निश्चल बस्नेतले करिब ७ वर्षपछि निर्देशनमा पुनरागमन गरेको चलचित्र ‘दिमाग खराब’ यही कात्तिक २४ गतेबाट प्रदर्शनमा आउँदैछ । चलचित्रको हाइपलाई मध्यनजर गर्दै देशका प्रमुख मल्टीप्लेक्सहरुले मंगलबार दिउँसोबाट शोज उपलब्ध गराउँदै एड्भान्स बुकिङ खुलाएका छन् । चलचित्रले ठूलो मात्रामा शोज प्राप्त गरेको छ ।

देशको ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले चलचित्रलाई काठमाडौं उपत्यका र उपत्यकाबाहिर गरि ५८ शोज दिएको छ भने दोस्रो ठूलो मल्टीप्लेक्स चेन आईएनआईले १४ शोज, एफक्युबले ६ शोज, वान सिनेमाज्ले दुई हलमा गरि १० शोज, बिग मुभिज र क्यूज सिनेमाज्ले समान ५/५ शोज, रञ्जना सिनेप्लेक्सले ७ शोज, सिके सिनेमाज्ले ५ शोज, सिडिसी सिनेमाले ३ शोज प्रदान गरेका छन् ।

मल्टीप्लेक्सहरुले उपलब्ध गराएको शोज संख्या हेर्दा चलचित्रलाई बम्पर ओपनिङ गर्ने अवसर छ । ‘दिमाग खराब’लाई ठूलो चुनौती भनेको लक्ष्मीपूजाबाट प्रदर्शनमा आउन लागेको बलिउड सुपरस्टार सलमान खान अभिनीत चलचित्र ‘टाइगर ३’ हो । यद्यपि, प्रदर्शनको दुई दिन चलचित्रलाई राम्रो कमाउने अवसर छ । आइतबारबाट त त्यसै पनि चलचित्रको व्यापार ‘वर्ड अफ माउथ’मा निर्भर रहन्छ ।

खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी राज्यलक्ष्मी सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नविन खड्का लगायतको अभिनय रहेको चलचित्रमा रौनक विक्रम कडेल निर्मातामा छन् भने सुरज बम ठकुरी कार्यकारी निर्माताको रुपमा छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu