‘चित्रा’को गीतमा सन्तोष र शुभेच्छाको तानातान (भिडियो)



आगामी पुष २७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘चित्रा’को पहिलो गीत सार्वजनिक गरिएको छ । तिहारको छेको पारेर सार्वजनिक गरिएको ‘नजरैको हानाहान’ बोलको लोक शैलीको गीतमा राजनराज सिवाकोटी र मिलन नेवारको स्वर रहेको छ भने सिवाकोटी स्वयंको शब्द तथा संगीत छ । प्रविण सिंहको कोरियोग्राफी रहेको गीतमा चलचित्रका अभिनेता सन्तोष अधिकारी र अभिनेत्री शुभेच्छा खड्काको नृत्य प्रस्तुत छ ।

सन्तोष अधिकारी फिल्मस्को ब्यानर एबम् अस्याप इन्टरटेनमेन्ट नेपाल र अस्ट्रेलियाको सहकार्यमा निर्माण भएको चलचित्रलाई घनश्याम लामिछानेले निर्देशन गरेका हुन् । बाबु र छोरीको कथालाई उठान गरिएको चलचित्रमा मेनुका प्रधान, प्रमोद अग्रहरी, अर्पण थापा, अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्ज्वल ढकाल, दीपेश गजुरेल र प्रकाश घिमिरे लगायतको अभिनय छ ।

आशिष थापा मगर निर्माता र सन्तोष अधिकारी कार्यकारी निर्माता रहेको ‘चित्रा’मा अजय अधिकारीको कथा, मनिष गौतमको पटकथा तथा संवाद छ । साथै, तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको चलचित्रमा सम्राट बस्नेतको द्वन्द्व निर्देशन र महेश पौडेलको छायांकन छ । चलचित्रको नेपाल वितरणको जिम्मा केदार पराजुलीको श्री कृष्ण फिल्मस्ले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu