भूकम्प पीडितको लागि पलको पचास हजार सहयोग घोषणा



काठमाडौँ।
अभिनेता तथा मोडल पल शाहले गए राती गएको भूकम्पबाट पीडितको लागि आर्थिक सहयोगको घोषणा गरेका छन् । उनले आफू संलग्न हाम्रो टिम नेपालको मार्फत ५० हजार सहयोग गरेको सोसल मिडियाबाट जानकारी गराएका छन् ।

फेसबुकमार्फत सहयोग घोषणा गर्दै उनले भूकम्पले धेरै घरहरू भत्किएकाले नागरिकहरू खुला आकाशमुनि बस्न र खानपिनको व्यवस्थापन नभएको र घाइतेहरूलाई छिटो उद्धार गर्न उनले सम्बन्धित निकायलाई आग्रह समेत गरेका छन् ।

शुक्रवार राती ११:४७ बजे जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी यो समाचार तयार पार्दासम्म भूकम्पबाट १३८ जनाको मृत्यु भएको छ भने १६६ जना घाइते भएको प्रहरीको तथ्याङ्क छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu