रेखाको ‘उपहार’को गीत ’वाह वाह वाह’ रिलिज



काठमाडौँ। नेपाली चलचित्र ‘उपहार’को गीत रिलिज भएको छ। शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रमका बिच डान्सिङ तथा रोमान्टिक फ्लेवरको ‘वाह वाह वाह’ बोलको गीत सार्वजनिक गरिएको हो।

यस गीतमा चलचित्रका प्रमुख तीन जोडी ‘फिचर्ड’ छन्। रेखा थापा, मुकुन भुसाल, पूजा शर्मा, समर्पण जङ्ग कार्की, बेनिशा हमाल र तेज गिरीको नृत्य भिडियोमा राखिएको छ। यसमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

यस गीतमा बाबुल गिरी र एलिना चौहानको स्वर रहेको छ भने शङ्कर अधिकारी (घायल)को शब्द रचना तथा बाबुलको सङ्गीत छ।

ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको यो चलचित्रको रिलिज मिति आगामी फागुन २५ गतेलाई तोकिएको छ। यसमा शिशिर राणा, सुष्मा कार्की, अंशु महर्जन, आशा भुसाललगायतको पनि अभिनय  रहेको छ ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu