भिरबाट लडेका कलाकार प्रकाश घिमिरेको स्वास्थ्यमा सुधार



काठमाडौँ।
भीरबाट लडेर गम्भीर घाइते भएका कलाकार प्रकाश घिमिरेको स्वास्थ्यमा सुधार आएको छ । पोखरामा रहेका चलचित्र निर्देशक घनश्याम लामिछानेका अनुसार घिमिरेको रक्तचापमा सुधार आएसँगै शुक्रवार बेलुकादेखि स्वास्थ्यमा सुधार देखिएको छ ।

लामिछानेले शुक्रवार बेलुका होस आएको बताए । होस आएता पनि सामान्य बोलचालमा समेत कठिनाइ भइरहेको उनले बताए । “करङले फोक्सोमा छोएको कारण हलचल गर्दा जटिल असर हुने सम्भावना रहेको कारण अस्पतालले काठमाडौँ रिफर गरेको थिएन । आजको अवस्थामा के हुनसक्छ हालसम्म अस्पतालले जानकारी दिएको छैन”, लामिछानेले बताए ।

शुक्रवार बिहान करिब ९:३० बजे को समयमा पोखराको नदीपुर-३ मा घाँस काट्न जाने क्रममा भीरबाट लडेका घिमिरेलाई पोखराको मणिपाल शिक्षण अस्पतालमा आइसियुमा उपचार भइरहेको छ । करिब २०० मिटर तल खसेका घिमिरेको करङ भाँचिएको छ भने कम्मरमा पनि चोट लागेको बताइएको छ ।

घिमिरे अभिनीत ‘पशुपति प्रसाद २: भष्मे डन’ हाल प्रदर्शनमा छ । घिमिरेले ‘पशुपति प्रसाद’मा पनि सशक्त अभिनय गरेका थिए । उनले दर्जनौँ सुपर हिट चलचित्रमा काम गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu