अपि हिमालको बेस क्याम्पमा छायाङ्कन भएको म्युजिक भिडियो सार्वजनिक



काठमाडौँ।
दार्चुला जिल्लामा पर्ने सुदूरपश्चिमको सबैभन्दा अग्लो हिमशृङ्खला अपि हिमालको काखमा पहिलो पटक छायाङ्कन गरिएको म्युजिक भिडियो ‘आए म त ‘सार्वजनिक गरिएको छ । करिब ७,१३२ मिटर उचाइ रहेको हिमालको बेस क्याम्पमा निर्देशक राजु भट्टले भिडियो सुटिङ गरेका हुन् । काठमाडौँको वसन्तपुर देखि दार्चुलाको अपि हिमाल सम्मको दृश्यहरू समेटेर तयार पारिएको भिडियो निर्माण गर्न २ हप्ता लागेको निर्देशक भट्टले जानकारी दिए ।

धनगढीकी स्थानीय कलाकार बोन्दिता धामी र दार्चुला अपिका स्थानीयको साथमा राजु भट्टको अभिनय रहेको भिडियोले नेपालको प्राकृतिक सौन्दर्यतालाइ एउटा दरिलो श्रव्य दृश्य मार्फत प्रस्तुत गरेको छ । यसका छायाकार केशव पाण्डे हुन् । राजु भट्टको आफ्नै शब्द, सङ्गीत र मानश्वी मालाकारको एरेन्ज रहेको ‘आए म त ‘ गीतमा राजु र ममता गुरुङको स्वर रहेको छ।

भिडियोः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu