‘मिसेस नेपाल वर्ल्ड’मा विवाहित सुन्दरीहरूद्वारा प्रतिभा प्रदर्शन



काठमाडौँ।
‘मिसेस नेपाल वर्ल्ड’ २०२३ का प्रतियोगीले ट्यालेन्ट राउन्डअन्तर्गत आफ्नो प्रतिभा प्रदर्शन गरेका छन् । काठमाडौँमा मङ्गलवार सम्पन्न ट्यालेन्ट शोमा उनीहरूले नृत्य, गायन, भाषण कला, मुक्तक, अभिनयलगायतका प्रतिभा प्रदर्शन गरेका थिए ।

ट्यालेन्ट शोमा अन्नपूर्ण पोस्टका प्रधान सम्पादक अखण्ड भण्डारी, कोरियोग्राफर जोगेन्द्र केसी, नायक द्वय गजित विष्ट र तेज गिरी तथा गायिका निशा देशार निर्णायक रहेका थिए । ट्यालेन्ट शोमा प्रतियोगीहरूले प्रदर्शन गरेको प्रतिभाका आधारमा मिसेस ट्यालेन्ट छानिने र त्यसको घोषणा अन्तिम प्रतिस्पर्धाका दिन गरिने पेजेन्ट निर्देशक निशुकान्त झाले बताए । अन्तिम प्रतिस्पर्धा आगामी कार्तिक २२ गते कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ ।

२०२३ संस्करणको प्रतिस्पर्धामा आइना गजुरेल, देवी थापा गुरुङ, पृथ्वीया थापा, मीना भट्टराई, आयुष्मा राई, रेखा विष्ट, ज्ञानेश्वरी श्रेष्ठ, सिर्जना केसी, पविना श्रेष्ठ, सीता सुवेदी, सुष्मिता सिंह, निशा विष्ट, कृतिका पालिखे, कोमल लामा, रेखा सिंह रायमाझी, निर्मला गुरुङ, उत्सुकता नकर्मी, जेनी खड्का, सलोनी श्रेष्ठ, पुनम श्रेष्ठ, टेककुमारी घले, मङ्गली सिलवाल र सरु आरएल राणा सहभागी छन् । विजेताले आगामी २०२४ को जनवरीमा अमेरिकाको लसभेगासमा हुने मिसेस वर्ल्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने अवसर पाउनेछिन् भने मिसेस इन्टरनेसनल नेपाल र एमएस नेपाल इन्टरनेसनलका विजेताले नेपालको प्रतिनिधित्व गरी सन् २०२४ मा सिंगापुरमा हुने मिसेस इन्टरनेसनल तथा एमएस इन्टरनेसनलमा सहभागिता जनाउने अवसर प्राप्त गर्नेछन् ।

रिबन इन्टरटेनमेन्टको आयोजनामा भइरहेको ‘मिसेस नेपाल वर्ल्ड’ विवाहित महिलाहरूबिचको सौन्दर्य प्रतियोगिता हो । अश्विनीकान्त झा यस प्रतियोगिताका कोरियोग्राफर हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu