रातोपिरो हुँदै ‘कबड्डी’ नायिकाले भनिन्, ‘मलाई त बोल्नै आउदैन’



kabaddi-pokhara

अपिल त्रिपाठी, पोखरा। बैशाख १२ देखी प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘कबड्डी’ ले प्रचार प्रसार लाई तिब्रता दिएको छ । फिल्मको प्रचारको लागि देश दौडाहामा निस्केको फिल्मको टोलीले शनीवार पोखरामा पत्रकार सम्मेलन गरी चलचित्रको बारेमा जानकारी गरायो ।

फिल्मको प्रेसमीट अन्त्य तिर आएपछी स्थानिय चलचित्रकर्मी माओत्से गुरुङ्गले फिल्मकी हिरोइन रिश्मा गुरुङ्ग संग पनी प्रश्न सोध्न पत्रकारलाई आग्रह गरेपछी त्यतिन्जेल सम्म चुपचाप बसेकी हिरोइन गुरुङ्गको अनुहार एक्कसी रातो भयो ।

भनिन्- “के भन्नी हो, मलाई त बोल्नै आउदैन, अब सबैले मलाई हेर्छन् ।” पत्रकार सम्मेलन हल हाँसोमय बन्यो । पछि विस्तारै युनिटले सहजीकरण गरेपछि मात्र रिश्मा बोल्न थालिन् । केही स्थानिय गुरुङ्ग चलचित्रमा अभिनय गरीसकेकी रिश्माले कबड्डी बाट धेरै कुरा सिक्न पाएको बताइन् । रिश्माले भनिन- “सुटिङमा एकदम रमाइलो भयो, मलाई त घरको याद पनि आएन ।”

‘लुट’ निर्देशक निश्चल बस्नेत र सुनिल रौनियारको लगानी भनिएको चलचित्र कबड्डीमा अन्य थुप्रैको अप्रत्यक्ष लगानी रहेको बुझिन आएको छ । निर्देशक रामबाबु गुरुङ्गले ‘कबड्डी’ मा निर्देशक, कलाकार देखी सिनेमाटोग्राफर सम्मको लगानी रहेको बताए । फिल्मको निर्देशन गरेबापत आफुले कुनै पारश्रमिक नलीएको समेत उनले खुलाए । फिल्मका कलाकार दयाहाङ राईले समेत पारश्रमीक लिएका छैनन् । सिनेमाटोग्राफर पुरुषोतम प्रधान समेतले फिल्मबाट कुनै पारश्रमिक नलिएको निर्देशक गुरुङ्गले बताएका छन् ।

काममा मात्र नभई लगानीमा पनि सबैले सहकार्य गरेको निर्माण पक्षको भनाई छ । “श्रम लगानि भएको छ, कलाकार तथा प्राविधीकको पारिश्रमीकको रकमलाई लगानिमा गणना गरीएको छ” निर्देशक गुरुङ्गले भने- “तर पैसा लिएका छैनौ।” फिल्मबाट हुने मुनाफालाई सबैले बाँडफाड गरीने उनको भनाई छ । यसको अर्थ यदि फिल्मले नाफाको ब्यापार गरेन भने केही कलाकार तथा प्राविधिकको श्रम लगानि गरेबापत कुनै रकम हात लाग्ने छैन । सुटिङ खर्च २५ लाख भएको र पोष्ट प्रोडक्सन देखी पब्लीसीटी र पारीश्रमीक समेत रकम जोड्दा ६५ लाख कुल लगानी हुने निर्माण पक्षको जानकारी छ ।

कलाकार दयाहाङ राईले यस्तो किसीमको सहकार्यले सबै टिम सदस्यलाई फिल्म आफ्नै भएको महशुस हुँदा काम गर्न सजिलो भएको बताए । “हामीले स्पटमा चिया पनि आँफै पकाउथ्यौँ, रिफ्लेक्टर ट्रली पनि आफै बोकेर हिँड्थ्यौ” राईले भने । चलचित्रमा दयाहाङ राई, निश्चल बस्नेत, रिश्मा गुरुङ्ग, राजन खतिवडा, बिजय बराल, अरुणा कार्की लगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu