अघिल्ला दुई चलचित्रको दोस्रो हप्तामा पनि सफलताको संकेत



गत हप्ताबाट प्रदर्शनमा आएका दुई चलचित्र ‘नाई नभन्नु ल-२’ र ‘मनले मनलाई छुन्छ’ यो शुक्रबारबाट दोस्रो हप्तामा प्रवेश गरेका छन् । ‘नाई नभन्नुल-२’ ले व्यापक सफलताका साथ दोश्रो हप्ताको यात्रा तय गरेको हो भने निर्देशन स्व. शिव रेग्मी निर्देशित चलचित्र ‘मनले मनलाई छुन्छ’ पनि हलमा टिकिरहेको छ । यो चलचित्रमा पनि मध्यम दर्शक देखिएका छन् ।

nai-navannu-la

निर्माण युनिट तथा वितरकले दिएको जानकारी अनुसार विकास आचार्य निर्देशित चलचित्र ‘नाई नभन्नु ल-२’ ले एक सातामा नै १ करोड ८० लाख बराबर व्यापार गरेको छ । मुख्यतः बाल गायक प्रेम परियार स्वरवद्ध गीतमा अडिएको यो चलचित्र हेर्न साताभरी जसो दैनिक रुपमा उत्तिकै दर्शक हलसम्म पुगे । तर चलचित्र मल्टिप्लेक्समा भने खासै टिक्न सकेन् । मल्टिप्लेक्समा अहिले यो चलचित्र ‘बिग मुभिज’मा एक सो मात्र छ ।

बाल कलाकार अनुभव रेग्मी र सुज्ञानी भट्टराईको मुख्य अभिनय रहेको चलचित्र ‘नाई नभन्नु ल-२’ मा यी दुई सँगै सरोज खनाल, प्रियंका कार्की, सुरजसिँह ठकुरी लगायतको पनि अभिनय छ ।

manle-manlai
त्यस्तै, सुनिल सिटौला र बिरेन श्रेष्ठको लगानी रहेको चलचित्र ‘मनले मनलाई छुन्छ’ पनि दोस्रो हप्तामा प्रवेश गरेको हो । मुख्यतः पारिवारिक कथामा तयार यो चलचित्रमा गरिमा पन्त र बिरेन श्रेष्ठको मुख्य अभिनय रहेको छ ।

यो हप्ताको लागी कुनै पनि नेपाली चलचित्र हलमा प्रदर्शनको लागी तयार नभएसँगै यी दुवै चलचित्रलाई भने केहि फाईदा पुगेको छ । पहिलो हप्ता दर्शकको राम्रो साथ पाएका यी चलचित्रले दोस्रो हप्तामा पनि गतिलै साथ हुने संकेत देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu