काठमाडौँ।
गायनमा क्षमता र चाहना हुँदा हुँदै पनि आर्थिक दुरावस्थाको कारण गायनमा चम्किन नसकेका बिर्तामोड, झापाका सञ्जीव भुर्तेलको आवाजमा रहेको गीत सार्वजनिक भएको छ । यो गीतसँगै उनले व्यावसायिक गायन सुरु गरेका हुन् ।
उनी पेसाले झापामा स्थानीय यातायात सिटी सफारी चलाउँछन् । सानो उमेरमा नै उनले कैयन गायन प्रतियोगिताहरूमा विजयी हासिल गरिसकेका छन् । उनले व्यावसायिक गायनमा भने ३० वर्ष कटेपछि मात्र प्रवेश गरेका हुन् । गायक भुर्तेलले निर्देशक उमेश पौडेलले आग्रह गरी यो गीत गाउने अवसर प्रदान गरेको बताए । उनले अवसर पाए निरन्तर गायनमा सक्रिय रहने बताए ।
यस गीतको भिडियोलाई उमेशले निर्देशन गरेका छन् भने तिलक रिजालले छायाङ्कन तथा सम्पादन गरेका छन् । झापा आसपासमा छायाङ्कन भएको यस भिडियोमा सन्देश बराकोटी, सबनम लिम्बु, अस्मिता ओली लगायतले अभिनय गरेका छन् ।
गीत हेर्नुहोस्: