काठमाडौँ।
आपराधिक विश्वासघातको आरोपमा शुक्रवार पक्राउ परेका अभिनेता अनमोल केसीलाई सरकारी वकिलको कार्यालय लगिएको छ । उनीसँग प्रहरीले महानगरीय प्रहरी परिसर टेकुमा तीन घण्टा समय लगाएर बयान लिएको थियो ।
बयानका क्रममा केसीले स्क्रिप्ट मन नपरेपछि आफूले खेल्न अस्वीकार गरेको बताएका थिए । साथै उनले निर्माताले १० लाख रुपैयाँ आफ्नो खातामा हालिदिएको तर फिर्ता लैजान भन्दा नमानेको बताएका थिए ।
प्रहरीले उनलाई आज नै जिल्ला अदालतमा उपस्थित गराउनेछ ।