यी हुन् ‘मिसेस् नेपाल वर्ल्ड–२०२३’ का २३ प्रतिस्पर्धी



काठमाडौँ।
विवाहित महिलाहरूबिचको सबैभन्दा ठुलो सौन्दर्य प्रतियोगिता ‘मिसेस् नेपाल वर्ल्ड–२०२३’का उत्कृष्ट २३ प्रतियोगी सार्वजनिक गरिएको छ । आयोजक संस्था रिबन इन्टरटेनमेन्ट द्वारा आयोजित स्याशिंग समारोहका बिच उनीहरू सार्वजनिक भएका हुन् । सो समारोहमा सबै प्रतियोगीलाई आफ्नो ‘ट्याग नम्बर’ प्रदान गरिएको थियो ।

‘मिसेस् नेपाल वर्ल्ड–२०२३’मा आइना गजुरेल, देवी थापा गुरुङ, पृथ्वीया थापा, मिना भट्टराई, आयुष्मा राई, रेखा विष्ट, ज्ञानेश्वरी श्रेष्ठ, सिर्जना केसी, पविना श्रेष्ठ, सीता सुबेदी, सुस्मिता सिंह, निशा विष्ट, कृतिका पालिखे, कोमल लामा, रेखा सिंह रायमाझी, निर्मला गुरुङ, उत्सुकता नकर्मी, जेनी खड्का, सलोनी श्रेष्ठ, पुनम श्रेष्ठ, टेक कुमारी घले, मंगली सिलवाल र सरु आर एल राणा प्रतिस्पर्धामा छन् । कार्यक्रममा उपस्थित अतिथिहरूसामु प्रतिस्पर्धीहरूले आफ्नो परिचय दिँदै प्रतियोगितामा भाग लिनुको उद्देश्यबारे बताएका थिए । समारोहमा अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक अखण्ड भण्डारी, अभिनेता आर्यन सिग्देल, चलचित्र निर्देशक दिनेश राउत, पत्रकार जीवन पराजुली, गायिका जुनु रिजाल, अभिनेता गजित विष्ट, गीतकार तथा पत्रकार डब्बु क्षत्री, कोरियोग्राफर जयन सुब्बा मानन्धर, कलाकार सागर लम्साल, पेजेन्ट आयोजक अनुप सक्सेनालगायत अतिथिको रूपमा सहभागी थिए ।

प्रतिष्पर्धीहरुले विभिन्न चरणहरू पार गर्दै आगामी कार्तिक २ गते काठमाडौँ सम्पन्न हुने फाइनलको लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतिस्पर्धामा कोरियोग्राफर अश्विनीकान्त झाले कोरियोग्राफी गर्नेछन् । फाइनल समारोहमा ‘मिसेस् नेपाल वर्ल्ड–२०२३’ का अन्य सबटाइटल विजेताको पनि घोषणा गरिने आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले जानकारी गराए । फाइनल कार्यक्रममा ‘मिसेस् वर्ल्ड–२०२२’ की विजेता सरगम कौशल पनि सहभागी हुनेछिन् ।

विजेताले आगामी डिसेम्बरमा संयुक्त राज्य अमेरिकामा हुने ‘मिसेस् वर्ल्ड–२०२३’ मा नेपालको तर्फबाट सहभागिता जनाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu