विवेक ओझाको ऐँठनलाई मदन पुरस्कार



काठमाडौँ। २०७९ सालको मदन पुरस्कार विवेक ओझाको उपन्यास ऐँठन र जगदम्बा श्री पुरस्कार सङ्घीय संसद्को लोगोको डिजाइन गरेका टेकवीर मुखियालाई प्रदान हुने भएको छ। आइतबार मदन पुरस्कार गुठीको बैठकपछि पुरस्कार घोषणा भएको हो। यी दुवैको पुरस्कारको राशि चार-चार लाख रुपैयाँ रहेको छ।

ऐँठन ओझाको दोस्रो कृति हो। यसमा माओवादी सशस्त्र आन्दोलनको समयको विषय रहेको छ। यो कृतिसँग सुविन भट्टराईको इजोरिया, द्वारिकानाथ ढुङ्गेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्ग्रा र सञ्जय विष्टको माटाको घरले उत्कृष्ट पाँचमा परी प्रतिस्पर्धा गरेका थिए।

नेपाली वाङ्मय क्षेत्रमा योगदान दिएका मुखिया यसअघि गोरखा दक्षिण बाहु, राष्ट्रिय प्रतिभा पुरस्कार लगायतबाट सम्मानित भैसकेका छन्। उनले दर्जनौँ चित्रकला बनाउनुका साथै पुस्तकहरूको कभर र बालपुस्तकहरुमा चित्र कथा कोरेका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu