बिएफआई लन्डन चलचित्र फेस्टिभलमा भाग लिँदै सम्पादक रेग्मी



काठमाडौँ।
नेपाली चलचित्र तथा म्युजिक भिडियोका अग्रणी सम्पादक भरत रेग्मीले लन्डनमा आयोजना हुने ६७ औँ संस्करणको बिएफआई लन्डन चलचित्र फेस्टिभलमा सहभागिता जनाउने भएका छन् । उनले नेपाली चलचित्रकर्मीको प्रतिनिधिको रूपमा सो महोत्सवमा सहभागिता जनाउन अर्को हप्ता त्यसतर्फ जानेछन् ।

यस वर्षको फेस्टिभलमा आयोजकले विश्वभरका प्रमुख व्यक्तित्वहरूलाई डेलिगेटको रूपमा छनोट गरेको छ । रेग्मीले सोसल मिडियामा एक स्ट्याटस लेख्दै आफू उनले ६७ वर्ष पुरानो फेस्टिभलमा डेलिगेटको रूपमा छनोट भएकोमा खुसी व्यक्त गरेका छन् । रेग्मीले दुई महिना पहिलेदेखि आयोजकलाई पठाएको पेपर वर्क, प्रोजेक्ट वर्क र डक्युमेन्टेशन रिभ्यू गर्दै डेलिगेटको रूपमा छनोट गरेको बताए । डेलिगेटहरूले फेस्टिभलको हरेक क्रियाकलाप, सेसन, र सम्मेलनमा पनि भाग लिनु पर्ने हुन्छ ।

ब्रिटिस चलचित्र इन्स्टिच्युटको सहकार्यमा लन्डनमा प्रत्येक वर्ष आयोजना हुने यो फेस्टिभल अक्टोबर ५ देखि १५ सम्म दुई हप्तासम्म सञ्चालन हुनेछ । यस वर्षको फेस्टिभलमा विश्वभरिबाटै ७० भन्दा बढी देशका २४० वटा फिचर चलचित्र र १५० वटा लघु चलचित्रहरू सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu