काठमाडौँ।अब विज्ञापन लगायतका विभिन्न प्रचार सामग्रीहरूमा विदेशी कलाकारलाई प्रयोग गर्न नपाइने भएको छ। विज्ञापन बोर्डले सूचना जारी गर्दै होडिङ बोर्ड वा अन्य प्रचार सामग्रीमा विदेशी कलाकारको फोटो प्रयोग नगर्न निर्देशन दिएको हो।
विज्ञापन नियमावली (पहिलो संशोधन) २०८० को नियम ९ (क) को उपनियम (३) अनुसार विदेशी कलाकार वा व्यक्तिको फोटो प्रयोग गर्न नपाइने सूचना बोर्डले जारी गरेको हो।
यो निर्णयसँगै नेपाली कलाकारहरूको व्यस्तता र आर्थिक गतिविधि बढ्नेछ भने नेपालका विज्ञापन मेकरहरु र प्राविधिकहरू पनि व्यस्त रहेनछन्।