काठमाडौँ।
अभिनेता गौरव पहारीले प्रेमिका श्रेणी खतिवडासँग इन्गेजमेन्ट गरेका छन् । बुधवार काठमाडौँको पाँचतारे होटेलमा आयोजित इन्गेजमेन्ट समारोहमा दुई पक्षका परिवारका सदस्यका साथ नजिकका चलचित्रकर्मी उपस्थित थिए । गौरव र श्रेणीलाई शुभकामना दिन अभिनेता सुनिल थापा, विल्सन विक्रम राई, निर्देशक उदय सुब्बालगायत पुगेका थिए ।
श्रेणी जुम्बा प्रशिक्षक हुन् । तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेको यो जोडीले आगामी मङ्सिरमा विवाह गर्ने बताइएको छ ।
गौरवले सन् २०१३ मा फिल्म ‘मञ्जरी’बाट चलचित्रमा प्रवेश गरेका थिए । उनले ‘होस्टेल’, ‘उत्सव’, ‘गाजलु’, ‘मिस्टर भर्जिन’, ‘कुम्भ करण’, ‘साइँली’, ‘छक्का पन्जा २’ लगायतका दर्जनौँ चलचित्रमा अभिनय गरेका छन् ।