काठमाडौँ।
निर्माणाधीन चलचित्र ‘मायावी’का अभिनेता प्रशान्त ताम्राकार अनुबन्धित भएका छन् । दिवाकर भट्टराईले निर्देशन गर्न लागेको यस चलचित्रमा यसअघि पल शाह, सुशील सिटौला, दीपिका प्रसाँई, करिश्मा श्रेष्ठ र समिम खानले काम गर्ने पक्का भइसकेको छ ।
चलचित्र ‘ऐश्वर्य’ र ‘क्याप्टेन’ पछि दिवाकर र प्रशान्तको यो तेस्रो सहकार्य हो । सहकार्यको हिसाबले दीपिका, प्रशान्त र दिवाकरको चलचित्र ‘ऐश्वर्य’पछि ‘मायावी’ दोस्रो चलचित्र हुनेछ । यही चलचित्रमार्फत अभिनेता राज कटुवाल निर्माताका रूपमा चलचित्र क्षेत्रमा डेब्यू गर्दैछन् ।