चलचित्रकर्मी द्वारा फिल्म पार्लर उद्घाटन



film-parlour

जनताको लागी खासै केही गर्न नसक्ने नेताहरु खाली उद्घाटन देखी भाषण गर्ने कार्यक्रममा मात्र समय खर्चिन्छन, नेपालमा जनताले राजनेतालाई लगाउँदै आएको आरोप हो यो, तर अब कुनै सभा सम्मेलन देखी पसल, मल हुँदै ब्युटीपार्लर उद्घाटनमा नेता होईन अभिनेता तथा अभिनेतृहरु देखीन थालेका छन् ।

मंगलवार कोटेश्वरमा यस्तै दृश्य देखियो जहाँ नायक राजेश हमाल सहित केहि चलचित्रकर्मी फिल्म पार्लर उद्घाटनमा देखिए । कोटेश्वरमा नेपाली चलचित्रका पुराना हेयर ड्रेसर राम ठाकुरले सञ्चालनमा ल्याएको फिल्म पार्लरको उद्घाटनमा हमाल सहित निर्माता छविराज ओझा, निर्देशक दयाराम दहाल , श्याम भट्टराई , नवल खड्का, अभिनेत्री सुमीना घिमीरे, नीता ढुंगाना, अभिनेता नरेन खड्का , द्वन्द निर्देशक चन्द्र पन्त , गायक राजेश पायल राई लगायतको उपस्थिती थियो ।

कार्यक्रममा भएपनि चलचित्रकर्मीहरुले नेपाली चलचित्रको बारेमा बोल्न बिर्सेनन् । कार्यक्रममा बोल्नेजती सबैले नेपाली चलचित्रमा नयाँ परिवर्तनको खाँचो औल्याउदै दर्शकको माग अनुसारको चलचित्र बनेमा सफल पनि भई छाड्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu