फिदिमबासी भन्छन्, ‘वाह, नोभेम्वर रेन’



november-rain1

‘वाह, फिल्म दाम्मी लाग्यो । आर्यन, नम्रता अनि छुल्ठिम को अभिनय बबालै नी..!’ पाँचथरको फिदिममा चलचित्र ‘नोभेम्वर रेन’ हेरेर फर्केपछी अधिकांश दर्शकले दिएको प्रतिक्रिया हो यो । सोमवार स्थानिय ‘वाराही सिनेमा हल’मा च्यारिटी गरिएको यो चलचित्र हेरिसकेपछी प्रायः दर्शकले चलचित्र निकै राम्रो र पुर्ण मनोरञ्जन प्रदान गर्ने खालको बनेको प्रतिक्रिया दिएपछी निर्देशक दिनेश राउत र नायक तथा निर्माता आर्यन सिग्देल मख्ख देखिन्थे ।

बिभिन्न ठाउँमा च्यारिटीको लागी उपत्यका बाहिर रहेका निर्देशक दिनेश, आर्यन र संगितकार ताराप्रकाश लिम्बुले पाँचथरमा दर्शकसँगै सिनेमा हेरेपछी पाएको प्रतिक्रियाले उत्साहित बनाएको बताए । साथै ‘आई एम सरी’ निर्देशन गरेर सोचेनुसार दर्शकको साथ नपाएका निर्देशक दिनेशले चलचित्र ‘नोभेम्वर रेन’ प्रदर्शन पहिलेको प्रतिक्रियाले बैसाख १२ पछी पनि चलचित्रले दर्सकको साथ पाउनेमा आशावादी बनाएको बताए । त्यस्तै नायक तथा निर्माता आर्यनले पनि दर्शकको प्रतिक्रियाले खुसी बनाएको बताउँदै त्यसको पछाडी गीत-संगीत प्रमुख हतियार देखिएको जनाए ।

november-rain2
स्थानीय मन्जरी कला केन्द्रको आयोजनामा फिदिममा यो च्यारिटी सम्पन्न भएको थियो । नयाँ बर्षको सुरुवात सँगै यही बैसाख १२ गतेबाट यो चलचित्र प्रदर्शनमा आउँदैछ । चलचित्रमाआर्यन सँगै सुवास गिरीको लगानी रहेको छ । यो चलचित्रमा आर्यनसँगै नम्रता श्रेष्ठ, छुल्ठिम गुरुङ मुख्य भुमिकामा छन् । गीत-संगीतले निकै चर्चामा ल्याएको यो लचचित्र दर्शकले पनि मन पराउने आशा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu