कृषिमा आधारित रियालिटि शो ‘र’मा मास्टर होस्ट बन्दै राजेश हमाल



काठमाडौँ।
अभिनेता राजेश हमाल एग्रिकल्चर गेम रियालिटि शो ‘र’ (RAW-Revolutionary Agriculture War) मा ‘मास्टर होस्ट’ बन्ने भएका छन् । बिहिबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी शोका निर्देशक शैलेश कँडेल क्षेत्री, मास्टर होस्ट हमाल, ग्राण्ड जज डा. योगेन्द्र कुमार कार्की र डा. नम्रता पाण्डेलाई परिचित गराएको छ ।

यो शोको आयोजक इ. स्क्वायर प्राइभेट लिमिटेड हो । आयोजकले यो शोलाई विश्वकै पहिलो कृषिमा आधारित रियालिटि शो भएको दावी गरेको छ । कृषि, उद्दमशिलता र जलवायु परिवर्तनलाई मुख्य आधारशिला बनाउँदै आयोजकले ‘एग्रिकल्चर’ र ‘इन्टरटेनमेण्ट’लाई संयोजनबाट ‘एग्रिटेनमेण्ट’को परिकल्पना गरेको छ । यसमा दुई किसिमका प्रतिस्पर्धी किसान र कृषि प्राविधिकले भाग लिने बताइएको छ । किसान भन्नाले कुनै पनि कृषि पेशामा व्यवसायिक रुपले आवद्ध व्यक्ति भनेर परिभाषित गरिएको छ भने कृषि प्राविधिक भन्नाले कृषि विज्ञानमा स्नातक वा सो सरह पढेका व्यक्तिहरू भनेर परिभाषित गरिएको छ ।

कार्यक्रममा बोल्दै मास्टर होस्ट हमालले नेपालको विकास गर्नु छ भने व्यवसायिक कृषि सँगै कृषि क्रान्ति अपरिहार्य रहेको बताए । उनले किसानको वास्तविक क्रान्तिमा सहभागी हुन पाउँदा आफुलाई ओजिलो महसुस भएको बताए । यो कार्यक्रमबाट आम समाजले कृषकलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनेमा आफु दृढ रहेको हमालले बताए । शोका निर्देशक शैलेश कँडेल क्षेत्रीलेकृषि आधुनिकीकरणबाट मात्र नेपालको वास्तविक परिवर्तन सम्भव रहेको बताए । किसान प्रतिस्पर्धी, किसान सँगै प्रतिस्पर्धा गर्ने र उत्कृष्ट एक जना विजेता बन्ने र प्राविधिक प्रतिस्पर्धी, प्राविधिक सँगै प्रतिस्पर्धा गर्नेछन् र उत्कृष्ट एक विजेता बन्ने कार्यकारी निर्माता विजय बस्यालले बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu