काठमाडौँ।
केही महिना अघि अष्ट्रेलियाका विभिन्न शहरहरूमा आयोजित कन्सर्टहरूमा सहभागी भएर फर्केकी गायिका समिक्षा अधिकारीलाई अष्ट्रेलियाले रोक लगाएको छ। उनी पुनः अष्ट्रेलिया जान लागेको समयमा उनको भिसा नै रद्द भएको हो।
उनीसँग एक वर्षको भिसा कायम थियो। उनले आफू नाबालिग भएको कारण सहयोगी लैजानुपर्ने भन्दै एक व्यक्तिको आवेदन दिँदा समिक्षाको समेत भिसा रद्द हुन पुगेको हो। यसको कारण अघिल्लो पटक सँगै गएकी समिक्षाकी दिदि रहेको हुनसक्छ। दिदि अष्ट्रेलिया नै बसेकी छन् भने समिक्षा एक्लै फर्केकी थिइन्।
उनको भिसा रद्दको प्रकृति स्थायी हो वा केही समयको लागि हो स्पष्ट छैन। यद्यपी केही वर्ष भने उनले अष्ट्रेलिया जान नपाउने पक्का छ। यो खबर अष्ट्रेलियाबाट सञ्चालित नेपाल ट्युबले सार्वजनिक गरेको हो।
@nepaltube_australia गायिका समिक्षा अधिकारीको अष्ट्रेलिया भिषा चैट, अब के हुन्छ Samikshya Adhikari Australia Visa #visa #australia #samikshyaadhikari #samikshya #homeaffairs #nepaltube #saralgurung ♬ original sound – NepalTube