काठमाडौँ।
वैदेशिक भ्रमण लगायत विभिन्न कार्यक्रमहरूमा सहभागि हुनको लागि विभिन्न संस्थाका पत्रहरू दुरुपयोग हुने गरेका छन् । नक्कली लेटरप्याड, छाप तथा किर्ते हस्ताक्षर गरी आफ्नो बारेमा आँफैले बढाई चढाई लेखि विभिन्न निकायहरूमा पेश गर्ने प्रचलन बढेको पाईएको छ । यसैबीच नेपालको कला र संस्कृतिलाई विश्वमाझ प्रवर्धन गर्ने संस्था नेशनल डेल्फिक काउन्सिल नेपालले पनि पत्र दुरुपयोग भएको भन्दै ध्यानाकर्षण गराएको छ ।
बिहिवार एक सूचना जारी गर्दै काउन्सिलका अध्यक्ष बाबुराम अर्याल (श्रीदेब बिएल)ले सो संस्थाको पत्र दुरुपयोग भएको पाईएको कानूनबमोजिम कारबाही गर्नसक्ने जनाएका छन् । सूचनामा भनिएको छ, “इन्टरनेशनल डेल्फिक काउन्सिलको नेपाल च्याप्टर ‘नेशनल डेल्फिक काउन्सिल नेपाल’को लेटरप्याड, छाप तथा हस्ताक्षर किर्ते गरी विभिन्न देशहरूमा भिसा प्रक्रियाको लागि ‘जो जससँग सम्बन्धित छ’ व्यहोराको पत्र प्रयोग भईरहेको सूचना प्राप्त भएको छ । यस संस्थाले जारी गरेको पत्र सम्बन्धित व्यक्तिले जस्ताको तस्तै प्रयोग गर्नुपर्दछ, पत्र प्राप्त गरेका व्यक्तिले पनि पत्रलाई थपघट गर्नु, आफुले प्राप्त गरेको पत्र अन्यलाई दिनु वा अन्य जो-कसैले पनि किर्ते गरी प्रयोग गर्नु कानूनविपरित रहन्छ । तसर्थ हामीलाई प्राप्त सूचनाका आधारमा यस संस्थाको पत्र दुरुपयोग भएको भेटिएमा कानूनबमोजिम कारबाही गर्न बाध्य हुने व्यहोरा जानकारी गराउदछौँ ।”
सूचनामा राष्ट्रिय तथा अन्तराष्ट्रिय निकायहरूलाई यसबारेमा औपचारिक जानकारी गराईसकिएको र सो संस्थाबाट जारी भएका पत्र प्राप्त गरेमा त्यसको सत्यता पुष्टी गर्नको लागि सम्बन्धित निकायहरूलाई यस संस्थामा विभिन्न माध्यमबाट सम्पर्क स्थापित गर्नुहुन अनुरोध गरिएको छ ।
सूचना हेर्नुहोस्ः