काठमाडौँ।
गायक तथा सङ्गीतकार टंक बुढाथोकीले एकसाथ सात भाषामा आफ्नो गीत सार्वजनिक गरेका छन् । शनिवार काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै उनले ‘धन्यवाद’ शिर्षकको गीत सार्वजनिक गरेका हुन् ।
सो गीतलाई नेपालीसँगै, नेवारी, तामाङ, थारु, राजवंशी, खस र भोजपुरीमा सार्वजनिक गरिएको हो । यि सबै भिडियो टंकको अफिसियल युट्युब च्यानलमा सार्वजनिक छन् । यसमा शब्द, सङ्गीत र स्वर टंकको रहेको छ भने गायिका अन्नु चौधरीले स्वरमा साथ दिएकी छन् ।
अडियोसँगै यसको भिडियो पनि सार्वजनिक भएको छ । भिडियोमा राहुल शाह र समिस्रिका परियारको नृत्य एवम् अभिनय छ । थारु भाषाको गीतको भिडियोमा भने गायक–गायिका टंक र अन्नुले नै अभिनय गरेका छन् । गीतको ६ वटा भिडियोको निर्देशक मोडल राहुल शाह नै हुन् भने छायाङ्कन र सम्पादनको काम पवन सुस्लिङले गरेका छन् । थारु भाषाको गीतको भिडियोमा भने नवराज उप्रेतीको छायाङ्कन र अमृत चापागाईंको सम्पादन रहेको छ ।
कार्यक्रममा अतिथिका रुपमा पुगेका संघीय सांसद सुनिल केसीले टंकले गरेको नयाँ प्रयासको प्रशंसा गरे ।
सातवटै गीतको प्लेलिस्टः