अभिनेत्री कविता गुरुङ बनिन् कवि, पहिलो सङ्ग्रह सार्वजनिक



काठमाडौँ।
नेपाली चलचित्र ‘बोबी’की अभिनेत्री कविता गुरुङको पहिलो कविता सङ्ग्रह ‘मेरो कविताको शीर्षक छ’ सार्वजनिक भएको छ । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच आफ्नो जीवनका भोगाईका अनुभवहरु समेटिएको कविता संग्रह विमोचन गरिएको हो ।

कार्यक्रममा आफूले लेखेका कविता सबैलाई सुनाउन मन लागेको कारण सार्वजनिक गरेको बताईन् । यस सङ्ग्रहमा दश कविता रहेका छन् । कार्यक्रममा कविताले ‘नबुझ्दा’, ‘मनमा लागेका सबैकुराहरु’, ‘भेट्नुछ एकचोटी अव फेरि’ शीर्षकका तीन कविता समेत वाचन गरिन् ।

गुरुङले गतबर्ष ‘म अनि मेरो’ नामक आत्मकथा पुस्तक ल्याएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu