काठमाडौँ।
नेपाली चलचित्रको बजारमा असफलताको रुझान कायमै रहेको समयमा निर्माता रोहित अधिकारी भने तीन वटा चलचित्रहरूको निर्माणमा छन् । यसअघि ‘गाजलु’ र ‘छ माया छपक्कै’ निर्माण गरेका अधिकारीले हालै मात्र नयाँ चलचित्रमा अभिनेता दयाहाङ राईलाई भित्राएका छन् ।
‘बरिष्ठ बलराम’ नाममा बन्न लागेको यो चलचित्रबाट पुराना अभिनेता दिलिप रायमाझीकी छोरी दिव्याले डेब्यू गर्दैछिन् भने अभिनेता खगेन्द्र लामिछाने पनि यस चलचित्रमा प्रमुख भूमिकामा छन् । यसमा बिजय बराल र बुद्दि तामाङको अभिनय रहने बताईएको छ । यो चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गर्दैछन् ।
रोहितले सुयोग गुरुङको निर्देशन, अनमोल केसी र जसिता गुरुङको अभिनय रहने गरी ‘फर्कि फर्कि’ शिर्षकमा अर्को चलचित्र बनाउँदैछन् भने दिनेश राउतको निर्देशनमा दीपकराज गिरीको टीमसँग पनि एक चलचित्रको तयारीमा छन् ।