उ.वा. संघ निर्वाचनमा चलचित्र निर्माताको तर्फबाट अशोक शर्मा विजयी



ashok-sharma[dropcap][/dropcap]द्योग वाणिज्य महासंघमा सदस्य पदको लागी चलचित्र निर्माताको तर्फबाट चुनाव लडेका निर्माता अशोक शर्मा विजयी भएका छन् । अध्यक्षमा पराजित भएका भाष्करराज कर्णिकारको प्यानलबाट चुनाव लडेका शर्मा भने तीन बर्षे कार्यकालको लागी सदस्य पदमा विजयी बने । 
वस्तुगत सदस्यतर्फबाट निर्वाचनमा उत्रिएका शर्मा नेपाली चलचित्र उद्योगको हक र हितमा काम गर्नै भन्दै आफ्ना ३ एजेन्डाका साथ प्रतिस्पर्धामा होमिएका थिए । उनले चलचित्र क्षेत्रलाई औद्योगिक मान्यता दिलाउनु देखी संविधानसभा मार्फत चलचित्र नीति पारित गर्न लागी पर्ने तथा नेपाली चलचित्र क्षेत्रमा एन.आर.एन लगानी भित्राउने एजेण्डा अघी सारेका थिए ।

चुनावमा उठ्नुपुर्व गरेका कवलहरु विजयी भएसँगै कार्यान्वयनमा लैजान शर्मा कत्तिको लागी पर्छन्, त्यो भने आगामी दिनमा थाहा होला । भाष्कर राजकर्णिकारको पक्षबाट चुनाव लडेका शर्मालाई आफ्ना एजेण्डा उपर बहस बैठकमा चलाउन गार्हो पर्ने भने देखिन्छ ।

तर, नेपाली चलचित्रको हितमा आउने योजनाहरु बनाउन र कार्यान्वयन गर्नमा पक्का पनि विजयी अध्यक्ष प्रदिपजंग पाण्डे तगारो बन्ने छैनन । त्यसैले देशकै उद्योगी व्यावसायीहरुको छाता संगठन उ.वा.संघमा आफ्ना एजेण्डा लगेर पारित गराउन सक्छन् सक्दैनन् भन्नेमा नै उनको आगामी दिनको उ.वा.संघ भित्रको भविष्य अडिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu