काठमाडौँ।
९०औं एकेडेमी अवार्ड (अस्कर अवार्ड)को लागि विदेशी भाषी चलचित्र विधामा सहभागी गराउन नेपाली चलचित्रको आवेदन माग भएको छ । विदेशी भाषी चलचित्र छनोट समिति नेपालले एक विज्ञप्ती जारी गर्दै अस्करमा सहभागी हुन छनोट प्रक्रियाको लागि चलचित्र माग गरेको हो ।
एकेडेमीद्वारा तोकिएका सबै मापदण्ड पुग्ने एउटा उत्कृष्ट चलचित्र छनोट गरी सो प्रतियोगितामा प्रतिस्पर्धी चलचित्रका रूपमा सिफारिस गरी सो समितिले पठाउनेछ । विज्ञप्तीमा ९०औं अस्कर अवार्ड प्रतियोगितामा सामेल हुन चाहने सबै नेपाली चलचित्र निर्देशक र निर्माताहरूलाई आफ्नो चलचित्र २०१७ अगष्ट १६ तारिख अर्थात् मिति २०७४ साउन ३२ गते बुधबार दिनको १ बजेभित्र समितिको सचिवालयमा दर्ता गराउन आह्वान गरिएको छ ।
प्रतिस्पर्धामा भाग लिन चाहेको चलचित्र वि.सं. सन् २०१६ अक्टोबर १ तारिख अर्थात् वि.सं. २०७३ असोज १५ गतेभन्दा पछि तथा २०७४ साल असोज १४ (सन् २०१७ सेप्टेम्बर ३०) भन्दा पहिला नै कम्तीमा सात दिन सार्वजनिक प्रदर्शन गरिएको हुनु पर्ने नियम छ । यस सम्बन्धमा विस्तृत जानकारीका लागि समितिको सचिवालयमा सम्पर्क गर्न सकिने बताईएको छ ।
द एकेडेमी अफ मोशन पिक्चर आर्टस् एन्ड साइन्सेसद्वारा आयोजना हुने अस्कर अवार्डको ९०औं संस्करण सन् २०१८ मार्च ४ तारिख आइतबारका दिन साँझ ०५:३० बजे अमेरिकाको लस एन्जेलसस्थित डल्बी थिएटरमा आयोजना हुँदैछ ।
प्रेस विज्ञप्ति
oscar-PAD-final-2017नियमहरूनियमहरू
90aa_rulesSUBMISSION REQUIREMENTS
90_FLFA_ChecklistSelection Committee
Selection-2017-