काठमाडौँ।
मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार-२०७९’ का लागि उत्कृष्ट पाँच पुस्तक छनोट गरेको छ। गुठीमा आवेदन प्राप्त ३१३ पुस्तक मध्ये छानिएका पाँचबाट सर्वोत्कृष्ट एक पुस्तकलाई मदन पुरस्कार प्रदान हुनेछ।
सुविन भट्टराईको इजोरिया, विवेक ओझाको ऐँठन, द्वारिकानाथ ढुंगेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्ग्रा र सञ्जय बिष्टको माटाको घर उत्कृष्ट पाँचमा परेका हुन्।