लोकगीत ‘जिस्केर मस्केर…’सार्वजनिक



काठमाडौँ।
डब्बु क्षत्रीको रचना तथा दीपक शर्माको सङ्गीतमा लोकगीत ‘जिस्केर मस्केर…’को भिडियो सार्वजनिक भएको छ । यसमा सविन सुवेदी र सरिता भारतीको गायन रहेको छ ।

सिन्धुलीको कमलाखोँचमा प्रचलित ‘झ्याउरे’ भाकालाई सङ्कलन गरेर यो गीत बनाएको गीतकार क्षत्रीले बताए । भिडियोमा प्रवण भुसाल र सरिता भारतीको अभिनय रहेको छ । यसको छायाङ्कन ताप्लेजुङ, झापा, मोरङ, उदयपुर र सिन्धुलीमा गरिएको छ ।

हिमालदेखि तराईसम्म छायाङ्कन गरिएको यस गीतको भिडियोमा ताप्लेजुङको पाथीभरा देवि, कन्याम र झापाको चियाबगान, सिन्धुली र उदयपुरको चुरेको सुन्दरतालाई कैद गरिएको छ । भिडियोलाई माधवराज खरेलले निर्देशन गरेका हुन् ।

भिडियोः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu