नेपाल चलचित्र नृत्यकार सिने अवार्डको घोषणा



dancer

[dropcap][/dropcap]छिल्लो समय नेपाली चलचित्रलाई जोडेर अवार्ड वितरण गर्ने बाढी नै चलिरहेको समयमा ‘नेपाल चलचित्र नृत्यकार संघ’ले पनि यो बर्षदेखी अवार्ड समारोहको आयोजना गर्ने भएको छ । शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रममा औपचारिक रुपमा बिभिन्न ‘नेपाल चलचित्र नृत्यकार सिने अवार्ड’ (डिसिए) अवार्डको घोषणा गरियो ।

यो अवार्ड अगामी असार ६ गते काठमाडौँमा हुनेछ । २०७० सालको बैशाख देखी चैत्र मसान्त सम्म प्रदर्शनमा आएका चलचित्रहरुलाई समेटेर चलचित्र विकास वोर्डको स्विकृतीमा कुल १९ बिधामा यो अवार्ड वितरण गरिनेछ । उल्लेखित १९ विधामा सर्वोत्कृष्ट चलचित्र देखी कलाकार, छायाँकार, बाल कलाकार, हाँस्य कलाकार, नृत्य निर्देशक, ध्वनी मुद्रण, निर्देशक, गीतकार लगायतलाई समेटिएको छ । साथै सोही समारोहमा चलचित्र क्षेत्रका बिशिष्ट व्याक्तित्व मध्येका तीन मुर्धन्य व्याक्तित्वलाई सम्मान समेत गरिने छ ।

अवार्ड घोषणा कार्यक्रममा नृत्य निर्देशनमा लागेर नेपाली चलचित्र उद्योगलाई बिशिष्ट योगदान दिएका नृत्य निर्देशकहरु बसन्त श्रेष्ठ, राजु शाह र कमल राइ सहित नेपाल चलचित्र पत्रकार संघका नव निर्वाचित पदाधीकारीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई, चलचित्र पत्रकार संघका अध्यक्ष शान्तीप्रिय लगायतले अवार्डको सफलताको लागी शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu