काठमाडौँ।
‘मिस यूनिभर्स नेपाल २०२३’को आवेदन खुला गरिएको छ । बिहिवार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी मिस यूनिभर्स फ्रान्चाइजी अन्तर्गत स्वतन्त्र राष्ट्रिय प्रतियोगीताको चौथो संस्करणको घोषणा गरिएको हो ।
यो स्पर्धामा सहभागी हुने प्रतियोगीको उचाई र तौलको मापदण्ड गरिएको छैन । यस्तै, यो प्रतियोगीतामा ट्रान्स वुमन, गैरआवासीय नेपाली, विवाहित महिला तथा आमाहरुले समेत सहभागीता जनाउन सक्ने उमंगा क्रियसन प्रालिले आयोजना गरेको पत्रकार सम्मेलनमा बताईयो ।
सहभागीताको लागि नाम दर्ताको डेडलाइन २०२३ अगष्ट ३ सम्म रहेको छ भने सेप्टेम्बर ८ मा अन्तिम स्पर्धा हुने बताईएको छ । विजेताले नोभेम्बर १८ मा ‘एल साल्भाडोर’मा आयोजना हुने ‘७२ औं मिस यूनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्नेछन् । यो प्रतियोगिताको कोरियोग्राफी प्रशान्त ताम्राकारले गर्नेछन् ।