बक्स अफिस अवार्डको मिति सर्‍यो, अब बैशाख १३ मा



box-ofc-award1

शनिवार गर्ने भनिएको ‘वक्स अफिस फिल्मस् अवार्ड’ को मिती सरेको छ । विविध प्राविधिक कारण देखाउँदै अवार्ड वितरण कार्यक्रम सरेको हो । अब यो अवार्डको लागी नोमिनेशनमा परेका प्रतिस्पर्धीहरु मध्ये उत्कृष्टमा परेकाहरुले बैशाख १३ गते मात्रै अवार्ड प्रात गर्नेछन् ।

पाँच तारे होटल हायातमा हुने भनिएको उक्त फिल्म अवार्डको मिती सारिनुको पछाडी प्राविधिक कारण भनिए पनि खासमा होटल सञ्चालकको पारिवारीक समस्याले गर्दा सारिएको बताईएको छ । अवार्डको मिती सरेको भए पनि सबै पाहुनाहरुलाई शुक्रवार नै यो बारेमा जानकारी गराई सकेकोले आफुहरुलाई केहि फरक नपर्ने आयोजक बक्स अफिस फिल्म क्लवका अध्यक्ष तथा सञ्चारकर्मी आर.के. सुवेदीले बताए ।

कुल चालिस विधामा वितरण गर्न लागिएको यो फिल्म अवार्ड वितरण समारोहको लागी देशको विशिष्ट पद प्रधानमन्त्री देखी नेपालमा रहेका विदेशी दातृ निकायका प्रमुखहरुलाई समेत बोलाईएको आयोजकले जानकारी दिएको छ । पछिल्ला दुई बर्षमा रिलिज भएका १२१ वटा चलचित्र वक्स अफिस फिल्म अवार्डमा प्रतिस्पर्धामा छन् । यो अवार्डको अघिल्लो संस्करण दुबईमा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu