सुरेश अधिकारीमाथीको निरङ्कुश कदम फिर्ता लिन सङ्गीत सम्वद्ध संस्थाहरूको आग्रह



काठमाडौँ।
गीत सङ्गीतसँग सम्बन्धित सातवटा संस्थाहरूले रोयल्टी सङ्कलन समाजका अध्यक्ष सुरेश अधिकारीका सबै कृतिमाथी लगाईएको प्रतिबन्ध तत्काल फिर्ता लिन आग्रह गरेका छन् । मंगलवार गीतकार सङ्घ, सङ्गीतकार सङ्घ, प्रस्तोता समाज, सङ्गीत उद्योग सङ्घ, सङ्गीत तथा चलचित्र उत्पादक समाज, राष्ट्रिय स्रष्टा तथा प्रस्तोता प्रतिष्ठान र रोयल्टी संकलन समाजले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै खेद प्रकट सहित गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

नेपालका स्वतन्त्र रेडियोहरू र गीत-सङ्गीत सर्जकबीचको विवादले उग्र रुप लिँदै गएपछि नेपालमा सञ्चालित निजी तथा सामुदायिक एफ.एम. रेडियो सञ्चालकहरूका तीनवटा संस्थाले रोयल्टी सङ्कलन समाजका अध्यक्ष तथा सङ्गीतकार सुरेश अधिकारीका गीतहरूलाई प्रतिबन्ध लगाएका थिए । नेपालका स्वतन्त्र रेडियो सम्वद्ध छाता सङ्गगठनहरू रेडियो ब्रोडकाष्टर्स फोरम (आरबिएफ), ब्रोडकाष्टिङ्ग एसोशियशन अफ नेपाल (बान)र सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोर्‍याब)ले गत बिहिवार संयुक्त विज्ञप्ती जारी गर्दै अधिकारीका सम्पूर्ण सांगीतिक कृतिहरू रेडियोबाट प्रसारण गर्न नसकिने बताएका थिए । त्यस्तै, गीत सङ्गीत सर्जकहरूले रोयल्टी बीना आफ्ना श्रृजना प्रसारण गर्न नदिने भनेपछि रेडियो सञ्चालकहरूका तीनवटा संस्थाले सोमवार अर्को प्रेस विज्ञप्ती जारी गर्दै सरकारी स्तरबाटै व्यवस्थापन नभई सङ्गीत रोयल्टी दिन नसकिने बताएका थिए । सो विज्ञप्तीमा “वितरण प्रणाली पारदर्शी र व्यवस्थित नगरेको गुनासो सर्जकहरूकै गुनासो रहेकोले सरकारी स्तरबाटै सङ्गीत रोयल्टी सङ्कलन कार्यका लागि व्यवस्थित प्रणाली नभएसम्म पूर्ववत् सहमति अनुसार रोयल्टी तिर्न वाध्य नहुने समेत प्रष्ट पार्दछौँ” भनिएको थियो ।

यसैबीच, गीत सङ्गीतसँग सम्बन्धित सातवटा संस्थाहरूले मंगलवार संयुक्त प्रेस विज्ञप्तीमार्फत अधिकारीका श्रृजनामाथीको प्रतिबन्ध तत्काल हटाउन आग्रह गरेका हुन् । श्रष्टा कलाकारहरू देशको अस्तित्व र पहिचानका खम्बाहरू रहेको जनाउँदै जायज मागहरूलाई विभिन्न अर्थमा बङ्गाएर अराजक र गैर संवैधानिक घोषणा हुनु अत्यन्तै दुर्भाग्यपूर्ण र सभ्य समाजमा अपाच्य तथा दुरगामी रूपमा राज्यका संस्कृतिकर्मी र श्रष्टा सर्जकको अभिव्यक्ति स्वतन्त्रतामाथीको नाङ्गो प्रहारको रूपमा लिँदै निरङ्कुश कदमप्रति खेद प्रकट गरिएको विज्ञप्तीमा जनाईएको छ ।

हेर्नुहोस् विज्ञप्तीः

यो पनि पढ्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu