काठमाडौँ।
नेपालका स्वतन्त्र रेडियोहरू र गीत-सङ्गीत सर्जकबीचको विवादले उग्र रुप लिएको छ । रोयल्टीको बिषयमा भएको विवादमा रेडियोहरूले सङ्गीत रोयल्टी सङ्कलन समाजका अध्यक्ष सुरेश अधिकारीका सवै कृतिलाई प्रतिबन्ध लगाएपछि नेपाल सङ्गीतकार सङ्घले रेडियोमा श्रृजनाहरू प्रयोग गर्न नदिने भनेपछि रेडियो सम्वद्ध तीन संस्थाहरूले सरकारी स्तरबाटै व्यवस्थापन नभई सङ्गीत रोयल्टी दिन नसकिने बताएका छन् ।
नेपालका स्वतन्त्र रेडियो सम्वद्ध छाता सङ्गगठनहरू रेडियो ब्रोडकाष्टर्स फोरम (आरबिएफ), ब्रोडकाष्टिङ्ग एसोशियशन अफ नेपाल (बान)र सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोर्याब)ले सोमवार पत्रकार सम्मेलन गर्दै जारी गरेको संयुक्त प्रेस विज्ञप्तीमार्फत विगतमा भएका सहमति र सम्झौताअनुसार सङ्गीत रोयल्टी सङ्कलन समाजले आफ्नो सहमति कार्यान्वयन नगरेको जनाईएको छ । विज्ञप्तीमा भनिएको छ, “वितरण प्रणाली पारदर्शी र व्यवस्थित नगरेको गुनासो सर्जकहरूकै गुनासो रहेकोले सरकारी स्तरबाटै सङ्गीत रोयल्टी सङ्कलन कार्यका लागि व्यवस्थित प्रणाली नभएसम्म पूर्ववत् सहमति अनुसार रोयल्टी तिर्न वाध्य नहुने समेत प्रष्ट पार्दछौँ ।”
विज्ञप्ती पढ्नुहोस्ः
विज्ञप्तीमा रोयल्टीका नाममा एफएम रेडियोको नवीकरण प्रकृयामा अवरोध पुर्याउनु संविधान र कानूनको बर्खिलाप भएकोले अवरोध हटाउन नेपाल सरकारसँग माग गरिएको छ । ति संस्थाहरूले सङ्गीत रोयल्टीलाई व्यवस्थित, पारदर्शी र सर्वस्वीकार्य बनाउनका लागि गरिएका सकारात्म प्रयासलाई कुनियतवस गलत प्रचार गरिएको आरोप लगाएका छन् ।
यो पनि पढ्नुहोस्ः