काठमाडौँ।
छोटा भिडियोको लागि विश्वचर्चित सञ्जाल टिकटकले म्युजिक स्ट्रिमिङ सर्भिस ल्याएको छ । यो सर्भिस अहिले ब्राजिल, इन्डोनेसिया,अष्ट्रेलिया, सिङ्गापुर र मेक्सिकोमा परिक्षण गरिँदैछ । नेपालमा भने कहिले सार्वजनिक हुन्छ बताईएको छैन ।
सब्सक्रिप्सनमा आधारित यो सर्भिसले स्पोटिफाई, एप्पल म्युजिक जस्तैगरी काम गर्छ । यसको प्रयोग गर्दा केहि महिना निशूल्क पाईने छ तर नियमित प्रयोगको लागि भने मासिक रुपमा केहि रकम तिर्नुपर्नेछ । यो शुल्क देशअनुसार फरक फरक निर्धारण हुने जनाईएको छ ।