सुब्रतले बनाए स्वरसम्राटको ‘केही मिठो बात गर’को भिडियो



काठमाडौँ।
निर्देशक सुब्रत आचार्यले स्वरसम्राट स्व. नाराण गोपालको बहुचर्चित गीत ‘केही मिठो बात गर’को भिडियो निर्माण गरेका छन् । यो गीतको भिडियो निर्देशन गर्दै आचार्यले पहिलोपटक स्वरसम्राटको गीतलाई भिडियोमा उतारेका हुन् ।

निर्देशक सुब्रत आचार्य

निर्देशक आचार्यले यो गीतलाई सर्वदा जीवित राख्ने उद्देश्यसहित भिडियोकरण गरेको बताए । ४२ वर्ष पहिले रेकर्ड भएको यो गीतको भिडियोमा कलाकारहरू केकी अधिकारी र दिपक भट्टले अभिनय गरेका छन् । सोही समयको झल्को दिने गरी भिडियो निर्माण गरिएको छ । यो गीतका शब्द रचनाकार काली प्रसाद रिजाल हुन् भने सङ्गीत स्वरसम्राटकै रहेको छ ।

यो गीतलाई ‘नारायण गोपाल सङ्गीत कोष’को अनुमतिमा म्यूजिक नेपालले तयार पारेको हो । यसमा स्टोरीबोर्ड साईब्रत आचार्यले तयार पारेका छन् भने क्रियटिभ निर्देशक निर्देशक जया शर्मा हुन् । प्रोडक्शन डिजाइन दिपेन गौतम ‘माइकल’ले गरेका छन् ।

उत्सव दाहालले छायाङ्कन गरेको भिडियोमा बिजेश पौडेलको सम्पादन, कलर ग्रेडिङ् र भिएफएक्स रहेको छ । यसकी निर्माता बन्दना बर्तौला भट्ट हुन् ।

भिडियोः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu