फ्राईडे रिलिजः ‘नाई नभन्नु ल-२’ र ‘मनले मनलाई छुन्छ’ दर्शकमाझ



nai-navannu-la

[dropcap]फ्रा[/dropcap]ईडे रिलिज अन्तर्गत यो हप्ताको लागी बहु-चर्चित चलचित्र ‘नाई नभन्नु ल-२’ र ‘मनले मनलाई छुन्छ’ प्रदर्शनमा आएका छन् ।  विकास आचार्य निर्देशित चलचित्र ‘नाई नभन्नु ल-२’ले बालप्रेमको कुरा उठाएको छ । यो चलचित्रमा बाल कलाकार अनुभव रेग्मी, सुज्ञानी भट्टराई, प्रियंका कार्की, सुरजसिंह ठकुरी, बर्षा शिवाकोटी, जीवन लुईटेँल लगायतका कलाकार प्रमुख भुमिकामा छन् । बिहिवार राजधानीमा गरिएको प्रिमियरबाट राम्रो प्रशंसा बटुलेको यो चलचित्रलाई दर्शकले पनि मन पराउने आशा गरिएको छ ।

manle-manlai

त्यस्तै, निर्देशक स्व. शिव रेग्मी निर्देशित चलचित्र ‘मनले मनलाई छुन्छ’लाई बिशुद्ध पारिवारिक चलचित्र भनिएको छ । चलचित्रमा गरिमा पन्त र बिरेन श्रेष्ठको मुख्य अभिनय रहेको छ । यो चलचित्र नै निर्देशक रेग्मीको अन्तिम चलचित्र हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu