गायक रविन तामाङलाई राष्ट्रिय सम्मान, मन्त्री, नेता, कलाकारदेखि देखि सर्वसाधारणले दिए श्रद्धाञ्जली



काठमाडौँ।
मंगलवार साँझ निधन भएका गायक तथा अभिनेता रविन तामाङलाई राष्ट्रिय सम्मान दिईएको छ । आइतवार बिहान तामाङको पार्थिव शरीरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय झण्डा ओढाएका छन् ।

तामाङलाई श्रद्धाञ्जली दिन सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको पनि उपस्थिती रहेको थियो । तामाङप्रति मन्त्री, नेता, शुभेच्छुक र कलाकर्मीले अन्तिम श्रद्धाञ्जली व्यक्त गरे ।

संस्कृति मन्त्री किराँतीले आफ्नै कार्यकालमा श्रष्टाहरुको निधनपछि श्रद्धाञ्जलीका लागि राख्ने व्यवस्थित ठाउँ बनाउने बताए । सञ्चार मन्त्री शर्माले नेपाली कलाक्षेत्रले उज्ज्वल नक्षत्र गुमाएको बताईन् । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले समकालीन पुस्ताको चर्चित गायक गुमाउनुपर्दा दुःख लागेको बताए ।

नेपाल संगीत तथा नाट्य एकेडेमीमा आयोजना भएको श्रद्धाञ्जली कार्यक्रममा तामाङको सम्मानको लागि उनका दुई चर्चित गीतहरु केटाकेटी र गुलाबको गाईएको थियो । उनको पार्थिव शरीरलाई आइतवार नै शोभा भगवतीमा अन्तिम संस्कार गरिँदैछ ।

नेपाली रक जनराको संगीतका पायोनिर तामाङ ‘रोविन एण्ड द रिभोलुशन’ ब्याण्डका लीड भोकलिस्ट रहेका थिए । उनका ‘नेपाल’, ‘एकता’, ‘चिसो चिसो हावामा’, ‘माइला भाई’, ‘जति माया लाए पनि’, ‘दम मारो दम’, ‘भुल मा भुल्यो’ लगायतका गीतहरू चर्चित छन्।

फोटोः गोपीकृष्ण चापागाईं

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu