सकियो स्म्यासिङ एप्पलको ‘ताण्डव’



tandav-film-announce

बेलायती निर्देशक मुर्रे केरको निर्देशनमा स्म्यासिङ एप्पलको व्यानरमा तयार चलचित्र ‘ताण्डव’को छायाँकन सकिएको छ । फ्लोरमा गएको ४६ दिनपछी यो चलचित्रको छायाँकन सकिएको हो । चलचित्रमा काठमाडौ सहित नेपाल र भारतका सिमावर्ती जिल्लाका दृश्यहरु समावेश छन् ।

चलचित्रलाई केहि दिनमा नै ‘ईन हाउस स्टुडियो’मा पोष्ट प्रोडक्शनमा लगिने छ । यो चलचित्रलाई नरेन्द्र मैनालीले खिचेका हुन् । यो चलचित्रलाई मोहन डोटेलले निर्माण गरेका छन् । चलचित्रमा र्यापर आशिष राना ‘लाहुरे’ र नायिका नम्रता श्रेष्ठ मुख्य भुमिकामा छन् भने अनुप बराल, एलेन गुरुङ लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । यो चलचित्र यसअघी नै सुटिङ स्पटबाटै जापानमा प्रदर्शनको लागी बिक्री भईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu