‘वर्कशप अन डिजिटल फिल्मीङ’ उद्घाटन



workshop11सिनेमाटोग्राफरहरुको क्षमता अभिबृद्धीको लागी निर्देशक समाजको आयोजनामा बिहिवार ‘वर्कशप अन डिजिटल फिल्मीङ’ नामक कार्यशालाको उद्घाटन भएको छ । बिहिवार देखी अर्थात चैत्र २७ गतेबाट २०७१ बैशाख १ सम्म चल्ने यो कार्यशालामा ५० भन्दा बढी चलचित्रकर्मी तथा सिनेमाटोग्राफरहरु सहभागि छन् ।

काठमाडौमा उद्घाटन भएसँगै बिहिवार नै सहभागीहरुको टोली पोखरा तर्फ प्रस्थान गरेको छ । दिउँसो मनकामना दर्शनपछी साँझ पोखरामा पुगेको छ । यो कार्यशालामा हलिउडका दुई बिशिष्ट सिनेमाटोग्राफरले प्रशिक्षण दिँदै छन् । जसका लागी बुधवार नै हलिउडका चर्चित तथा अनुभवी दृश्य निर्देशकहरु द्वय ‘जस्टिन डिलन’ र ‘जेम्स ईभान अगेर्टन’ नेपाल आईसकेका थिए ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी बनेका बरिष्ठ कलाकार राजेश हमालले नेपाली चलचित्रकर्मीहरुले धेरै कुरा विदेशीबाट सिक्नुपर्ने भए पनि यो समयमा नेपालीहरुबाट पनि उनीहरुले केहि सिक्न सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu