१९५० को दशक झल्काउने म्युजिक भिडियो ‘केशै लर्क्यो डोरीले’



काठमाडौँ।
सन् १९५० को दशकको नेपाली सांस्कृतिक र परम्परागत पक्षहरू देखाउने म्युजिक भिडियो ‘केशै लर्क्यो डोरीले’ रिलिज भएको छ। सागर ज्ञवालीले निर्देशन गरेको भिडियोमा अल्का सुवेदी र राजन न्यौपानेको प्रमुख अभिनय रहेको छ।

गीतका सङ्गीत निर्देशक मानव सुवेदी हुन्। मानव आफैले निर्देशन गरेको म्युजिक भिडियो ‘कालो केशमा रेलिमै’बाट मोडल अल्काले अभिनयमा डेब्यु गरेकी थिइन्। यस गीतका गीतकार र गायक राजन न्यौपाने हुन्।

भिडियोमा पश्चिम नेपालको ग्रामीण क्षेत्र देखाइएको छ। पुरानो पुस्ताको संस्कृति र परम्परामा रहेको “खद्दर” लुगा कलाकारहरुले लगाएका छन्। आफ्नो उद्देश्य कथा र पात्रहरूको जीवन देखाई मौलिक म्युजिक भिडियो बनाउनु रहेको निर्देशक ज्ञवालीले बताए।

भिडियो:

https://youtu.be/fEZyR83w4YI
प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu