काठमाडौँ।
गायक, गीतकार, संगीतकार तथा एरेञ्जरको रुपमा चिनिने जेम्स प्रधानले लघु चलचित्र निर्देशन गरेका छन्। शुक्रबार उनको चलचित्र ‘शर्ट टम मेमोरी लस’को प्रिमियर समेत गरिएको थियो। एउटै कथालाई गीत र छोटो फिल्ममा प्रस्तुत गरेका गायक प्रधानले आफू निकट भविष्यमा फिचर फिल्मको निर्देशक बन्न सक्ने संकेत गरे।
इन्टरनेटको माध्यमले आफूले सिकेको शिपलाई प्रयोग गरेर निर्देशक बनेको जेम्सले बताए। उनले भने, “मैले विभिन्न भिडियो हेरेर निर्देशनका विविध पक्षमा आफ्नो क्षमतालाई प्रयोग गरिरहेको थिएँ । त्यहि क्रममा निर्देशनसँगै यसमा लेखक पनि बनेको हुँ।”
चलचित्रमा समिसन जिसी र बेदना राईको अभिनय रहेको छ। चलचित्र १९ लम्बाईको रहेको छ । यसमा श्याम तामाङले छायांकन, कपिल पराजुलीले रंग संयोजन, जेसिका प्रधानले सम्पादन गरेका छन्।
यो चलचित्र युट्युबमा हेर्न सकिन्छ।