कलाकारितामा सक्रियता देखाउँदै निर्देशक थापा



sudarshan[dropcap][/dropcap]रिब चार बर्षपछि पुनः फिल्म निर्देशनमा तम्सिएका निर्देशक आलोक नेम्बाङको चलचित्र ‘अझै पनि’को सबै कलाकार ‘फाईनल’ भएका छन् । सोसल लभस्टोरीमा आधारित रहेर निर्माण गर्न लागिएको यो चलचित्रमा अभिनय गर्ने प्रायः सबै कलाकरहरुको टुंगो लागेको हो ।

निर्माता तथा निर्देशक सुर्दशन थापाको होम प्रोडक्सन सुर्दशन थापाको प्रोडक्सन ब्यानरमा तयार हुन लागेको यो चलचित्रमा मुख्य भुमिकामा सुदर्शन नै देखिने भएका छन् भने उनीसँगै अपोजिट क्यारेक्टरमा पुजा शर्मा फाईनल भएकी छिन् । त्यस्तै सञ्चारकर्मीको रुपमा परिचित भिजे सुरक्षा पन्त पनि यो चलचित्रबाट नेपाली चलचित्र उद्योगमा डेब्यु गर्ने भएकी छिन् ।

प्रमिला खनाल र विपना धिमाल, पुष्प खड्का, विशाल ढुङगानाले पनि यो चलचित्र ‘अझै पनि’मा अभिनय गर्ने पक्का भईसकेको छ । नयाँ बर्षको छेकोमा चलचित्र फ्लोरमा जाने तयारी भईरहेको बताईएको छ ।

चलचित्र चल्ने ताका चर्चामा रहने निर्देशक सुदर्शन थापा विस्तारै कलाकारितामा सक्रिय हुन थालेका छन् । निर्देशनमा आउनुपूर्व नै ‘दलन’ नामक टेलिचलचित्रमा मुख्य कलाकार बनेका थापाको अर्को चलचित्र ‘लम्फु’ पनि केहि समय छायांकन भईसकेको छ । आफुलाई भर्सटाइन व्यक्ति देखाईसकेका थापाले अब भने ‘अझै पनि’बाट आफ्नै लगानीमा कलाकार बन्दैछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu