सञ्चार मन्त्रालयलाई बालेनको पत्र, ‘नेपालमाथि सांस्कृतिक अतिक्रमण भयो’



काठमाडौँ।
भारतीय चलचित्र ‘आदिपुरुष’मा रहेको ‘जानकी भारतकी छोरी हुन्’ भन्ने संवाद चलचित्रको मूल कपिमा नै नसच्याए काठमाडौँमा कुनै पनि हिन्दी चलचित्र चल्न नदिने स्टेटमेन्ट दिएका काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र लेखेका छन् । सो आपत्तिजनक अंश हटाउन पहल गर्न आग्रह गर्दै मन्त्रालयलाई पत्र लेखेका हुन् । उनले सो पत्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, परराष्ट्र मन्त्रालय र चलचित्र विकास बोर्डलाई बोधार्थ राखेका छन् ।

नेपालको संविधानको धारा ५ र ५६ को उपधारा (६)ले संघ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको जिम्मेवारी गर्ने संरक्षण तोकेको उल्लेख गर्दै पत्रमा उक्त फिल्म यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभूतिमाथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने उल्लेख छ । ‘आदिपुरुष’बाट नेपालमाथि सांस्कृतिक अतिक्रमण भएको हुँदा महानगरको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यसका लागि सरकारले भारतसँग कूटनीतिक पहलमार्फत गरी उक्त फिल्मको आपत्तिजनक अंश हटाउने व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu